काठमाडौं, पुस २० – नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पदका लागि पार्टी विभाजन गरेको आरोप लगाएकी छन्। चितवनमा नेकपा प्रचण्ड माधव पक्षको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
‘उहाँ पार्टी एकताको पक्षमै हुनुहुन्थ्यो। पदका लागि पर्नुभयो। अहिले उहाँले काम गर्न नसकेपछि प्रधानमन्त्री हुनुहोस् अध्यक्ष पदबाट राजीनामा दिनुहोस् भन्दा पार्टी नै विभाजन गरिदिनुभयो’ उनले भनिन्।
प्रधानमन्त्री ओलीले पार्टी विभाजनको लागि नै अध्यादेश ल्याएको उनले बताइन्। ‘वैशाखमै आफ्नो सहित अरु पार्टी विभाजनका लागि अध्यादेश ल्याउनुभयो। धेरै विवादमा परेपछि फिर्ता लिनुभयो’ उनले भनिन् ‘अहिले पार्टी विभाजनका लागि नै फेरि संसद विघटन गर्नुभयो।’
पार्टी विभाजनकै लागि ओलीले सांसद अपहरण समेत गरेको आरोप लगाइन्। ‘अहिलेसम्म औपचारिक रुपमा पार्टी विभाजन भएको छैन, तर एक पनि छैन’ उनले भनिन्, ‘हामी अहिले ओलीको कदम विरुद्ध सडकमै छौँ।’
FACEBOOK COMMENTS