काठमाडौँ, १९ चैत –पछिल्लो समय ह्वावेले कठिनाईको समय झेलिरहेको छ । विशेषगरी अमेरिकी प्रतिबन्धले ह्वावेको यात्रा कष्टकर बनाइरहेको छ ।तर कम्पनीले हालै प्रकाशित गरेको एक वार्षिक प्रतिवेदनमा भने सन् २०१९ को तुलनामा २०२० मा बढी आम्दानी गर्न सफल भएको उल्लेख छ ।
हालै कम्पनीले सार्वजनिक गरेको सन् २०२० को वार्षिक प्रतिवेदनमा कम्पनीको विश्वव्यापी बिक्री राजस्व चिनियाँ यूआन ८९१.४ अर्ब बराबर रहेकाे उल्लेख छ, जुन अघिल्लो वर्षको तुलनामा ३.८ प्रतिशत बढी हो ।त्यस्तै कम्पनीले यो वर्ष कुल नाफा चिनियाँ यूआन ६४.६ अर्ब (करिब साढे ११ खर्ब नेपाली रुपैयाँ) कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशत बढी हो ।
२०२० मा ह्वावेको क्यारियर व्यवसायले १७० भन्दा बढी देश र क्षेत्रहरूमा १,५०० भन्दा बढी नेटवर्कहरूको स्थिर अपरेसनहरू सुनिश्चित गर्न जारी राखेकाे थियाे । कम्पनीले कोभिड–१९ लकडाउनमा टेलिवर्क, अनलाइन शिक्षा, र अनलाइन शपिंग लाई साथ दिएकाे उल्लेख गरेकाे छ ।ह्वावे नेपाल पनि कोभिड- १९ महामारीको बेला नेटवर्क कायम गर्न सरकार र दूरसञ्चार अपरेटरहरुसँग रहेकाे थियाे ।
सन् २०२० मा विश्वभरका क्यारियरहरूसँग मिलेर काम गरी कम्पनीले राम्रो कनेक्टेड अनुभव प्रदान गर्न मद्दत गरेकाे जनाएकाे छ । यसअन्तर्गत कम्पनीले २ हजारभन्दा बढी उद्योगहरूमा कोइला खानी, स्टिल उत्पादन, बन्दरगाह, र निर्माण जस्ता ३,००० भन्दा बढी इनोभेसन प्रोजेक्टहरूको साथ अगाडि बढेको उल्लेख गरेकाे छ ।ह्वावेले ५ करोडभन्दा बढी प्राथमिक र माध्यमिक स्कुलका विद्यार्थीहरूको लागि क्लाउडमा आधारित अनलाइन शिक्षा प्लेटफर्महरू सुरू गर्न साझेदारहरूसँग पनि काम गरको छ ।
नेपालमा, ह्वावेले बैंकिङ उद्योग, एयरलाइन्स, मिडिया र अन्य विभिन्न डोमेनहरूको संगठनको लागि डिजिटल रूपान्तरण सुरू गरेकाे जनाएकाे छ ।
FACEBOOK COMMENTS