काठमाडौं, असोज ६ – कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएपनि अहिलेसम्म कुनै ठूलो उपलब्धि हात पार्न सकेका छैनन् । पछिल्लो केहि दिन यता कोरोना भाइरसबाट संक्रमित भएर निको हुनेहरु फेरि संक्रमण भएको विषयले धेरै चर्चा पाइरहेको छ ।
यसको पहिलो केस हङकङमा देखिएको थियो ।ईएसआर्यसीका डिप्टी डा। ए के पाण्डेका अनुसार १४ दिनपछि कोरोनासँग लड्नको लागि शरीरमा एन्टीबडी बन्छ । जसले दुई देखि ढाई महिनासम्म रहन्छ । जति संक्रमित भएका छन् । तिनमा ३० प्रतिशतको मात्रै शरीरमा एन्टीबडी बनेको छ ।
बाँकी ७० प्रतिशतको शरीरमा एन्टीबडीको विकास नै नभएको पाइएको छ । जसका कारण शरीरमा एन्टीबडी विकसित नहुनु रहेको छ । अर्को रोग प्रतिरोधात्मक क्षमता कमी हुनु पनि सक्ने बताइएको छ ।
FACEBOOK COMMENTS