काठमाडौं, चैत ८ – नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंले अस्पतालमा ‘कोभिड–१९’ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी हालसम्म ‘कोरोनाभाइरस’का कुनैपनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ ।
‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
त्यस्ता सूचना सार्वजनिक गर्नु सामाजिक अपराध भएकाले विज्ञप्तिमा कानुनी कारबाहीको माग गरिएको छ ।
FACEBOOK COMMENTS