काठमाडौं, माघ १४ – उत्तरी छिमेकी चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणले महामारीको रूप लिएपछि चीनका पाँच शहरमा उडान गर्दै आएको नेपालको निजीक्षेत्रको हिमालय एयरलाइन्सले तत्कालका लागि तीन शहरमा आफ्ना उडान स्थगित गरेको छ ।
केही सातादेखि चीनमा आक्रामक रूपमा फैलिएको यो भाइरसका कारण चिनियाँ सरकारले समेत आफ्ना नागरिकहरूलाई बाहिर जान बन्देज लगाएको अवस्थामा तत्कालका लागि चाङसा, कुइयाङ र शन्चेन उडान स्थगित गरेको छ ।
हिमालयका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार कम्पनीले काठमाडौं–पेचिङ र काठमाडौं–चोङ्छिङ उडान भने नियमित नै गर्नेछ । कोरोना भाइरसका कारण तत्कालका लागि यी गन्तव्यमा उडान स्थगित गरिएको भन्दै श्रेष्ठले भने, ‘उक्त भाइरसले नेपालको पर्यटन क्षेत्रमा नकरात्मक प्रभाव पार्छ नै, त्यसैले नेपाल सरकार, पर्यटन बोर्ड, ट्राभल एजेन्सीहरूले चीनबाहेक अन्य देशका गन्तव्यहरू खोज्न ढिलाइ गर्नु हुँदैन ।’
कोरोना भाइरसका कारण चीनले त्यहाँका ट्राभल कम्पनीहरूलाई अन्तरराष्ट्रिय टूर प्याकेज बेच्न अहिलेका लागि रोेकेको छ । भ्रमण वर्ष २०२० लाई विशेषगरी चिनियाँ पर्यटक आगमनले ठूलो टेवा दिने अपेक्षा गरिएको सन्दर्भमा यदि यो प्रतिबन्ध लम्बियो भने यसले नेपालमा चिनियाँ पर्यटक आगमन र भ्रमण वर्षलाई नै नकारात्मक प्रभाव पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ ।
अहिले नेपाल भ्रमण गर्ने पर्यटकमा चिनियाँ दोस्रो स्थानमा पर्छन् । पछिल्ला केही वर्षयता नेपालमा चिनियाँ पर्यटक आगमनमा सकारात्मक वृद्धि भएको छ । सन्् २०१३ मा नेपाल आउने चिनियाँ पर्यटकको संख्या १ लाख पहिलोपटक नाघेको थियो । त्यसयता सन् २०१५ बाहेक अन्य वर्षहरूमा यो संख्या निरन्तर बढ्दो नै रह्यो । गतवर्ष ९सन् २०१९० मा चीनबाट १ लाख ६८ हजारभन्दा बढी पर्यटन नेपाल आएका थिए ।
चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणका कारण सन् २०२० मा ४ लाखभन्दा बढी चिनियाँ पर्यटक नेपाल घुम्न आउने आकलन नेपाली पर्यटन व्यवसायीहरूको थियो । उनीहरूका अनुसार आगामी २ महीना– फेब्रुअरी र मार्चमा चिनियाँ पर्यटक आगमन ह्वात्तै घट्न सक्छ ।
‘भ्रमण वर्षमा करीब ४ देखि ५ लाख चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने आकलन गरिएको छ,’ नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट ९नाट्टा०का अध्यक्ष अच्युत शर्मा गुरागाईंले बताए । उनका अनुसार मंगलवार ९आज० देखि ६ फेब्रुअरीसम्म चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने छैनन् । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS