काठमाण्डौँ — खानेतेलमा अखाद्य रंग मिसाइने गरेको रहस्य खुलेको छ।
ललितपुरस्थित ओम आयल मिलले अखाद्य रंग प्रयोग गरी मानव स्वास्थ्यलाई हानी पुर्याउने तोरीको तेल उत्पादन गर्दै आएको फेला परेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुर तथा महानगरीय प्रहरी विट चापागाउँले संयुक्त रुपमा अनुगमनको क्रममा यस्तो तथ्य बाहिर आएको छ।
विभागका प्रवक्ता पूर्णचन्द वस्तीका अनुसार अनुगमनको क्रममा लुगा रंगाउन प्रयोग गरिने आयल ग्रिन टुजी नामक अखाद्य रंगको धुलो र भाँडोमा राखेर पकाउँदै गरेको अवस्थामा २० लिटर उक्त रंग फेला पारिएको छ।
तोरी पेल्ने मिल नराखी प्याकेजिङ गर्ने मेसिन मात्रै राखेर ओम आयल मिलले कारखाना सञ्चालन गर्दैआएको भेटिएको छ।

— अन्नपुर्ण
