काठमाडौं, साउन ३० । गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले बुधबार गल्फ रिटेलर मिट सम्पन्न गरेको छ । काठमाडौंका लागि गल्फको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिको समन्वयमा भएको सो रिटेलर मिटमा विभिन्न संस्थाहरु पुरस्कृत समेत भएका छन् ।
सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले उपभोक्तालाई मर्कामा पारेर नभई आफ्नो नाफाबाट मात्र उपहार कुपन बाँड्न र गुणस्तरीय लुब्रिकेन्ट्सको प्रयोग वारेमा मेकानिक्सहरुलाई जानकारी प्रदान गर्न अनुरोध गरे ।
माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले सवारी साधनको मर्मत सम्भार गर्दा सावधानी अपनाएर गुणस्तरीय लुब्रिकेन्ट्स र पार्ट्स प्रयोग गरिए सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का उपाध्यक्ष प्रदीप घिमिरेले लुब्रिकेन्ट्सको काम गर्दा मेकानिक्सहरुमा देखिन सक्ने स्वास्थ्य समस्याका वारेमा समेत लुब्रिकेन्ट उत्पादकहरुले ध्यान दिनुपर्ने बताउदै यसको गुणस्तर र प्रयोगका वारेमा मेकानिक्सहरुलाई समय समयमा तालिमको आवश्यकता औल्याए ।
सो अवसरमा राम्रो परिमाणमा गल्फ लुब्रिकेन्ट्स बिक्री–वितरण गर्ने रिटेलर तथा मेकानिक्सहरुलाई विभिन्न उपहार प्रदान गरिएको थियो । यस अन्तर्गत धनश्री अटो केयरले बुलेट क्लासिक ३५० बाइक प्राप्त गरेको छ । आगामी आर्थिक वर्षका लागि सिन्धुली अटो पार्ट्सले धेरै बिक्री गर्ने प्रतिबद्धता जनाउदै सुजुकी अल्टो ८०० कार अग्रिम रुपमा प्राप्त गरेको छ ।
त्यसैगरी राम मोटरसाइकल वर्कसप, दिलिप मोटरसाइकल वर्कसप र विकास मोटरसाइकल वर्कसपले ३२ इन्चको एलईडी टीभी पाएका छन् भने आरके मोटरसाइकल वर्कसप, राजु अटो पार्ट्स र गिरी अटो पार्ट्सले वासिङ मेसिन पाएका छन् । न्यु श्रेष्ठ अटो पार्ट्सले भने आईफाइभ ल्यापटप प्राप्त गरेको छ ।
गल्फ लुब्रिकेन्टले गत वर्ष नै दुई आर्थिक वर्षका लागि अग्रिम रुपमा विभिन्न विक्रेताहरुलाई भिटारा ब्रेजा कार वितरण गरिसकेको छ ।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो ।
FACEBOOK COMMENTS