काठमाडौं, माघ १ – गुडवील फाइनान्स कम्पनीले १२ प्रतिशत लाभांश साधारण सभाबाट पारित गरेको छ । बुधवार होटल क्राउन ईम्पेरियल सोल्टीमोडमा सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।
सभाले ८ दशमलव ४० प्रतिशत बोनस शेयर र ३ दशमलव ६ प्रतिशत नगद लाभांश गरेर कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले पारित गरेको नगद लाभांश बुधवार दिनदेखि नै शेयरधनीको बैंक खातामा पठाएको जानकारी गराएको छ ।
साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ । बोनस शेयर वितरण पछि उक्त पूँजी रू. ८६ करोड ७२ लाख पुगेको छ ।
FACEBOOK COMMENTS