काठमाडौं, मंसिर ८ – गुराँस लाइफ इन्स्योरेन्स कम्पनी संचालक समितिको अध्यक्ष विवेक दुगड़ले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँबाट सपथ लिएका छन् ।
बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम नवनिर्वाचित अध्यक्ष दुगडले बीमा समितिका अध्यक्ष चापागाइँ समक्ष बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएका हुन् ।
सो सपथग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।
FACEBOOK COMMENTS