काठमाडौं, मंसिर ४ – गौतम बुद्धको जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । बुधबार खुलेसँगै आन्तरिक पर्यटकको घुइँचो लागेको छ । सरकारले गत शुक्रबार पर्यटकीय गन्तव्य खुलाउने निर्णय गरेसँगै बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
पर्यटकका लागि खुला गरिएको लुम्बिनीमा मायादेवी मन्दिरभित्र भने प्रवेश गर्न नपाइने सदस्य सचिव शाक्यले बताए । मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तम्भ, पुस्करिणी पोखरी, बगैँचा, विभिन्न विहारहरू पनि खुला रहेको उनले बताए ।
कोरोना भाइरसको महामारीका कारण गत ११ चैतदेखि लुम्बिनी आन्तरिक तथा बाह्य पर्यटकको प्रवेश बन्द गरिएको थियो । बुधबार खुलेसँगै आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहिलो दिन नै दुई हजार पाँच सयभन्दा बढी आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए ।
FACEBOOK COMMENTS