काडमाडौं– डिजिटल माध्यमबाट ग्रामिण भेगका नागरिकहरुलाई वित्तिय सेवामा पहुँच पुर्याउन इसेवा र युके एड सक्षमबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता मार्फत इसेवा क्यास पोइन्टले डिजिटल माध्यम मार्फत ग्रामिण उपभोक्ताहरुलाई वित्तीय सेवाहरु प्रदान गर्नेछन् । कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कायृकारी अधिकृत सुभास सापकोटाले ‘डिजिटल माध्यमबाट ग्रामिण भेगका बासिन्दाहरुलाई वित्तिय सेवमा पहुँच प्रदान गर्नको लागि युके एडको सक्षमसंग साझेदारी गर्न पाउँदा खुसी लागेको छ। हामी इसेवा क्यास पोइन्टको प्रणाली स्थापित गर्नेछौं जसले ग्रामिण भेगका उपभोक्तालाई उत्कृष्ट वित्तीय समाधानहरु प्रदान गर्न सक्छन् ।’
इसेवा नेपाल राष्ट्रबैंकबाट भुत्तानी सेवा प्रदायकको लाइसेन्स प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो ।
FACEBOOK COMMENTS