काठमाडौं– चालु आर्थिक वर्ष पछि बैंकहरु आक्रमक लगानीतर्फ लागेका छन्। साउनयता मात्रै निक्षेप २१ अर्बले घटेको छ।
असार मसान्तमा बैंकहरुसँग २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप थियो। साउन २४ गतेसम्म आउँदा निक्षेप घटेर २८ खर्ब ५८ अर्बमा खुम्चिसकेको छ। जबकी ऋण भने २४ खर्ब ९८ अर्ब रुपैयाँबाट बढैर २५ खर्ब पुगेको छ।
अहिले बैंकिङ प्रणालीमा करिव ५० अर्ब रुपैयाँ अधिक तरलता छ। २० अर्ब रुपैयाँ त राष्ट्र बैंकले नै खिंचेर राखेको छ। तरलता बढेका कारणले अन्तर बैंक सापटी दर १ प्रतिशतभन्दा तल आएको छ।