काठमाडौं । ग्लोबल आइएमई लघुवित्त बित्त वित्तीय संस्था लि.ले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई ३१ लाख ६३ हजार ४५०वितरण गरेको छ । जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५, लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम रु. २६ लाख ४४ हजार ४५० सहयोग वितरणभएको प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिनुभयो
संस्थाले विगतमा पनि यस किसिमका सामाजिक कामहरुमा निरन्तर सहयोग गर्दै आइरहेको थियो भने आगामि दिनमा समेत निरन्तरता दिइने बताएको छ । संस्थाले १०२ वटा शाखा
कार्यालयहरु मार्फत १ लाख २५ हजार ३८४ सदस्यहरुलाई सेवा दिदै आईरहेको छ । यसैगरी,६५ हजार४३९ जना ऋणी सदस्यहरुलाई करिब ६ अर्ब १५ कर्जा लगानि गरेको छ भने २ अर्ब ६ करोड बचत सकंलन गरेको छ ।
FACEBOOK COMMENTS