काठमाण्डौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जमलस्थित द कोरियन सपमा शिलबन्दी गरेको छ।
उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै शिलबन्दी गरेको हो ।
विभागको टोलीले शुक्रवार गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो।
कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी शिलबन्दी गरिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिए।
खरीद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको उनले बताए।
— नागरीक
FACEBOOK COMMENTS