काठमाण्डौँ — संघीय संसदको सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतका नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
अनुमोदित हुनेमा भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल छन् ।
राष्ट्रपतिले संविधानअनुसार उनीहरूलाई राजदूत नियुक्त गरेपछि सम्बन्धित मुलुकमा नाम पठाइनेछ ।
ती मुलुकका सरकारबाट एग्रिमो आएपछि उनीहरू जिम्मेवारी सम्हाल्न जानेछन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS