काठमाण्डौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को छैटौं एसिया प्रशान्त क्षेत्रीय बैठक तथा पहिलो महिला भेलाले नेपालमा लगानी गर्न करिब ११ अर्बको कोष स्थापना गर्ने निर्णय गरेको छ ।
हङकङमा दुई दिन भएको बैठकले पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले उक्त कोषको स्थापना गर्ने निर्णय गरेको हो । ‘
नेपाल सरकारसँगको सहकार्यमा १०० मिलियन डलरको मल्टी इन्भेस्टमेन्ट भेहिकल खडा गरेर साना तथा ठूला लगानी गर्न सक्ने सबै नेपालीहरूलाई लगानी गर्ने वातावरण बनाई देशको पूर्वाधार निर्माणमा लगानी गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
एनआरएनएले लघुवित्त संस्था स्थापनासमेत गर्ने अर्को निर्णय गरेको छ ।
लगानीको वातावरण बनाइदिन भन्दै सरकारसँग विभिन्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

— कान्तिपुर
