काठमाडौं, जेठ १० – नेपालले चीनको चेङदुमा खोलेको कन्सुलेट जनरल कार्यालय आज सोमबारदेखि सञ्चालनमा आएको छ । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको सिचुवान प्रान्तका उच्च अधिकारीहरुले संयुक्त रुपमा सो कार्यालयको उद्घाटन गरे ।
कन्सुलेट कार्यालय स्थापनापछि सबै क्षेत्रमा आदानप्रदान बढ्ने र सम्बन्ध थप सुमधुर हुने विश्वास गरिएको छ । सिचुवान प्रान्तका भाइस गभर्नर लि युन्जीले कन्सुलेट कार्यालय स्थापनाले व्यापार, पर्यटन, वाणिज्य र जनता–जनता बीचको सम्बन्ध बढ्ने विश्वास व्यक्त गरेका छन् ।
महावाणिज्य दूतावास उदघाटन कार्यक्रममा सिचुवान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरू र छेन्दु नगरका मेयरको पनि उपस्थिति थियो । तीन जना कर्मचारी रहने कन्सुलेट कार्यालयमा दिनेशकुमार घिमिरे महावाणिज्य दूत रहेको दूतावासले जनाएको छ ।
FACEBOOK COMMENTS