काठमाण्डौँ — चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ।
२ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो।
चीनले २ अर्ब ४० करोड रुपैयाँ लगानीमा २ वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ।
एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ।
चिनियाँ कम्पनीले दैलेखमा ड्रिलिङ गर्ने र पाल्पाको पहाडी क्षेत्रमा बम पड्काएर अध्ययन गर्ने तथा तराई क्षेत्रमा भाइब्रेसनबाट पेट्रोलको मात्रा र कुन स्तरको भनी पत्ता लगाउने छ।
नवलपरासीको धौवादीमा रहेको फलाम खानी उत्खनन गर्न चीनले अध्ययन थालेको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS