काठमाडौं, वैशाख २६ । चीन र अष्ट्रेलियाबीचको सम्बन्ध उत्कर्षमा पुगेको छ । अष्ट्रेलियाले चिनियाँ ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) सम्झौता एकतर्फीरुपमा रद्द गरेपछि सम्बन्ध उत्कर्षमा पुगेको हो ।
यसैगरी, अष्ट्रेलियाले कोरोना भाइरसको उद्धगम स्थल चीनमा स्वतन्त्र छानविन हुनुपर्ने समेत बताएको थियो । चीनले महामारी फैलाएको हुन सक्ने भन्दै अष्ट्रेलियाले यस्तो बताएको हो ।
यी दुई घटनापछि आक्रोसित बनेको चीनले अनिश्चित कालका लागि अष्ट्रेलियासँगको सबै किसिमका व्यारिक सम्बन्ध रद्द गरेको हो । चीनले अष्ट्रेलियाबाट कोइला, गहुँ, अंगुर, फलाम र उन लगायतका अन्य कृषि सामाग्री पनि किन्दै आएको थियो ।
अब यी सामान चीनले अष्ट्रेलियाबाट ल्याउँने छैन । यसैगरी, चीनबाट अष्ट्रेलियाले विद्युतीय सामाग्री, लत्ताकपडा लगायतका सामान ठूलो मात्रामा आयात गर्दै आएको थियो ।
अष्ट्रेलियाले शितयुद्धकालीन मानसिक्ता राखेको र वैचारिक भेदभावमा उत्रिएको चीनले आरोप लगाएको छ । यतिबेला भारत र अमेरिकासँग पनि चीनको व्यापारिक सम्बन्ध राम्रो छैन ।
FACEBOOK COMMENTS