काठमाण्डौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेबाट दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ।
धावनमार्ग मर्मतको लागि विमानस्थल दैनिक १० घन्टा बन्द गर्न लागिएको हो।
अहिले विमानस्थल दैनिक २१ घन्टा सञ्चालनमा छ।
विमानस्थल कार्यालयका अनुसार धावनमार्गको कालोपत्रे उप्काएर नयाँ कालोपत्रे गर्न दैनिक १० घन्टा बन्द गर्न लागिएको हो।
अहिले धावनमार्ग पुरानो भएर समस्या छ।
धावनमार्ग कालोपत्रे तथा अन्य मर्मतको काम जेठ १० गतेसम्म सकिने अनुमान गरिएको छ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मर्मतको बेला विहान ८ देखि बेलुका १० बजेसम्म मात्रै विमानस्थल खुल्ने बताए ।
धावनमार्गको मर्मतपछि त्रिभुवन विमानस्थल २४ सै घन्टा सञ्चालनमा ल्याउने तयारी भइरहेको विमानस्थलका महाप्रबन्धक क्षेत्रीले जानकारी दिए।
— नागरीक
FACEBOOK COMMENTS