काठमाण्डौं — त्रुटिका कारण छपाइ बिग्रेका नोट सटही गरी शोधभर्ना लिन राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।
बैंकबाट छपाइ गरिएका नोटहरूमा छपाइ बिग्रेको वा कुनै किसिमको त्रुटि भएको पाइएमा उक्त नोटहरू सट्टा भर्ना गरिने भएकाले नजिकको राष्ट्र बैंकको कार्यालयमा गई सटही गर्न सम्बन्धित सबैका लागि सूचना प्रकाशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सर्वसाधारणलाई अरु बैंक तथा वित्तीय संस्थामार्फत पनि सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय छपाइ बिग्रेका नेपाली नोट बजारमा भेटिन थालेका छन् ।
ती नोटमा पाँच सय र हजार दरका धेरै छन् ।
FACEBOOK COMMENTS