काठमाडौं, वैशाख १२ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । भोलि सोमबारदेखि लागू हुने गरी कार्यालयले सूचना जारी सेवा स्थगित गरिने जानकारी गराएको हो ।
कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको बताइएको छ ।
हेर्नुहोस् सूचना–
FACEBOOK COMMENTS