काठमाडौं । बीमा समितिले ‘जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७८’ जारी गरेको छ ।
समितिले बीमालेख स्वीकृति प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपमा कायम गर्न बीमा ऐन अनुसार निर्देशिका जारी गरेको हो ।
निर्देशिका अनुसार अब बीमालेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र न्युनतम ३ वर्षको वित्तीय प्रक्षेपण बीमालेखको व्यवसायिक योजना तयार पार्नु पर्ने छ ।
अब बीमा कम्पनीले बीमालेख अन्तर्गत तीन वर्षको बीमाशुल्क प्राप्त भएपछि मात्रै बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखेर बीमितले ऋण लिन पाउने भएका छन् ।
जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७८ को पूर्णपाठ–
BImaa
FACEBOOK COMMENTS