काठमाडौं, वैशाख ३१ – कोरोना भाइरसको तीव्र संक्रमणका कारण मुलुकभर अक्सिजन अभाव भइरहेका बेला जोन्टा क्लव अफ काठमाडौंले परोपकार अस्पताललाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।
कोभिडका केसहरुमा भर्खरको वृद्धिले देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखा परेको अवस्थामा विशेष गरी गर्भवती र भर्खरका आमाहरु जो कोभिडबाट संक्रमित छन्, उनीहरुलाई लक्षित गरी क्लवबले थापाथलीस्थित परोपकार मातृत्व र महिला अस्पताल (प्रसुतिगृह) लाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको हो ।
‘महिला र बालबालिकाको सुधारका लागि काम गर्ने अभियानका साथ हामी आशावादी छौं कि यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्ने छ,’ जोन्टा क्लव अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले भनिन् ।
FACEBOOK COMMENTS