काठमाण्डौँ — ट्रेकिङ व्यवसायीहरूको संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) भित्र भ्रष्टाचार भएको व्यवसायीहरूले आरोप लगाएका छन् ।
मंगलबार टानले विशेष भेलामा व्यवसायीहरूले संस्थाका पदाधिकारीहरूले आर्थिक हिनामिना गरेको आरोप लगाएका हुन् ।
उनीहरूले टिम्स्लगायत अन्य ठेक्का गर्दा संस्थाका पदाधिकारीहरूले ठूलो रकम अपचलन गरेको हुनसक्ने भन्दै लेखापरीक्षणको रिपोर्ट सार्वजनिक गर्न माग पनि गरेका छन् ।
उनीहरूले सरकारले पर्यटन वर्ष मनाउने योजना गरे पनि पर्यटन पूर्वाधार विकास गर्नेतर्फ पदाधिकारीहरूले कुनै चासो नदेखाएको आरोप पनि लगाएका छन् ।
नेपालको पर्यटन क्षेत्रमा हाल देखिएका विविध चुनौतीहरूका साथै पर्यटन क्षेत्रमा देखिएका अन्य समस्याहरूको विषयमा छलफल गरी निर्णय गर्न भन्दै बसेको भेलामा सबै व्यवसायी पदाधिकारी प्रति आक्रोशित भएका थिए ।
— कारोबार
FACEBOOK COMMENTS