काठमाण्डौं- ठगी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन् ।
कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए ।
प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली अग्रवालको घर पुग्दा सोनुले आफु नै रञ्जित भएको दावी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
तर, बृत्तमा ल्याएर केरकार गर्दा उनी रञ्जित नभई सोनु भएको खुलेको थियो । पासपोर्ट चेक गर्दा उनी नेपाली मूलका अष्ट्रेलियन नागरिक सोनु अग्रवाल रहेको प्रहरीले जनाएको छ ।
सोनु एइसीसी ग्लोबलका प्रबन्ध निर्देशक हुन् भने उनका दाजु रञ्जित नेपालका कन्ट्री हेड हुन् ।
रञ्जितले पूर्वकन्ट्री हेड सचिन उपाध्यायलाई दिएको १० लाखको चेक नक्कली भेटिएपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गर्न खोजेको थियो । तर, सोनुले दाजुलाई भगाएर आफु नै रञ्जित भएको गलत बयान दिँदैसँगै उनी पक्राउ परेका हुन् ।
FACEBOOK COMMENTS