काठमाण्डौँ — ठमेल पर्यटन विकास परिषदको निर्वाचन स्थगित भएको छ।
परिषदको पुस २७ गते बसेको बैठकले माघ १६ गते गर्ने भनिएको २३ औं र २४ औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको हो।
परिषदका महासचिव भविश्वर शर्माद्वारा शुक्रवार जारी विज्ञप्तिमा तयारी नपुगेको भन्दै माघ १६ गते तोकिएको साधारण सभा तथा निर्वाचन अर्को निर्णय नभएसम्मलाई स्थगित गरेको उल्लेख छ।
— नागरीक