मदन तिमल्सेनातनहुँ, २२ आश्विन- डुम्रे बजारमा जथाभावी गाडी पार्किङ गर्न नपाईने भएको छ । डुम्रे बजार व्यवस्थापनको लागि विहिबार बन्दिपुर गाउपालिकाको अध्यक्ष पुर्णसिङ थापाको अध्यक्षतामा भएको छलफलले उक्त व्यवस्था गर्ने निर्णय लिएको हो ।
छलफलमा गाउपालिका उपाध्यक्ष करुणा गुरुङ, वडा नम्बर १ का वडा अध्यक्ष भानुभक्त पोखरेल, पृथ्वी राजमार्ग बस संचालक समितिका सल्लाहकार घनश्याम श्रेष्ठ, उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष मानकाजि श्रेष्ठ, भानु इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रकाश भुसाल , तनहुँ ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम बहादुर रानाभाट , डुम्रे बजार इकाई अध्यक्ष नेक मिया, टोल विकास संस्थाका अध्यक्ष, यातायात व्यवसायिकहरु, मजदुर संघसंस्थाका प्रतिनिधिहरु, ठेलागाडाका प्रतिनिधिहरु लगाएत डुम्रे बजारका व्यापारीहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा डुम्रे बजार व्यवस्थापन गर्ने , ठेला व्यवस्थापन गर्ने , ग्यारेज व्यवस्थापन गर्ने, चाडपर्वहरुको केन्द्रत गरेर पसलहरु अनुगमन गर्ने, प्राईभेट गाडीलाई जथाभावी पार्किङ गर्ने नदिने, पेटिमा सामान राख्न नपाईने, बसको टिकट काउन्टर तल्लो डुम्रे बजार मै बनाउने निर्णय भएको छ ।
गाउँपालिका अध्यक्ष थापाले सो निर्णयलाई सबैलाई पालना गर्न अपिल समेत गरे । बन्दिपुर गाउपालिका उपाध्यक्ष गुरुङले चेतनाको कमिले गर्दा व्यवस्थापन गर्न गाह्रो भएको बताएकी थिईन ।
तनहुँ ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम बहादुर रानाभाटले सबैले निर्णय गरे ट्राफिकले भोलिबाट व्यवस्थापन गर्ने र ट्राफिक प्रहरी चिट काट्न बाटोमा बसेको नभई सहज बनाउन र चेतना दिन बसेको बताए। उक्त कार्यक्रमका सहभागीले डुम्रे बजार क्षेत्रमा देखिएका समस्या बारे कुरा राखेका थिए । कार्यक्रम वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोेखरेलले संचालन गरेका थिए ।
FACEBOOK COMMENTS