हाम्रो देशनेपाल; एक विविध संस्कार र संस्कृतिबोकेको ऐतिहासिक राष्ट्र हो ।भाषार संस्कृतिको हिसावले विविधतायुक्ततथाधनीदेशभित्रकाविविधपहिरनहरुले नेपालको पहिचानलाई मौलिकबनाएका छन् । विश्वको इतिहासलाई हेर्दा मानव सभ्यताको विकाससँगै सुरुवातभएका परापूर्वकालीनपहिरनसँग जोडिएको पहिचानलाई विश्वका धेरै मुलुकहरुले विर्सदैँ र छोड्दै गइरहेको यथार्थ भेटिन्छ। तर कतिपयमुलुकले तिनै मौलिक र ऐतिहासिकपहिरन देखाएरै विश्वकाअन्य मुलुकबाट लाखौँ पर्यटकहरु आफ्नो देशमाभित्र्याउने गरेका पनि छन् । पहिरनले देशलाई चिनाउन मद्दत गर्दछ ।
नेपाल जस्तो साँस्कृतिक धरोहरको देशमा ढाकाबाट बनेका कपडाहरु र तिनको पहिरन नेपालको कला,सभ्यता र परम्पराकापर्याय हुन् ।
पहिले परम्परागत ढाकाको टोपी, सारी, पछ्यौराजस्तापहिरन मात्रलगाइन्थे । युवापुस्ताको आकर्षण ढाकामा कमै थियो । तर, अहिले विभिन्न डिजाइनमा ढाका पहिरन तयार हुनथालेपछि युवापुस्ताको समेत आकर्षण बढेको छ । नेपालमापहिलापाल्पाली ढाकाको पहिरन बढ्दा चलनमाथियो । तर पछिल्लो समय देशकाविभिन्नभागमा ढाकाका कपडा उत्पादनहुनथालेको छ र ढाकाले राम्रो बजार लिइरहेको छ । ढाका नेपालमै बुनिने र चाहेअनुसारको बुट्टा राख्न सकिने हुनाले अहिले ढाकाप्रति आकर्षण बढ्दो छ, जुन नेपाल र नेपालीको लागिखुशीको कुरा हो । वि.स.२०१५ सालदेखि सुरु भएको ढाका कपडा उद्योगले अहिले राष्ट्रिय गहनाका रुपमापहिचानबनाएको छ ।
ढाका कपडाको महत्व बढ्दै जानु र वि.स.२०५५ सालसम्म टोपी र चोलोमा सिमित ढाकाले अहिले बच्चादेखि वृद्धवृद्धासम्मको मन जित्नथाल्नु पक्कै खुशीको कुरा हो ।
यसै सन्दर्भमा बेडिध्रम्यानेजमेन्ट तथा मोडलिङ्ग सम्बन्धीकामगर्दै आइरहेको ढाका इभेन्जकम्पनीले ढाका कपडाको प्रवद्र्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथढाका रन वे ब्राइडल शो को आयोजना गर्न लागिरहेको जानकारी गराउनपाउँदाहामीअत्यन्तै हर्षित भएका छौँ । ढाका कपडालाई वेहुलीले लगाउने पहिरनको डिजाइन दिएर गरिने फेसन शो ढाका इभेन्टको पहिलो संस्करण हो । यहि २०१९ सेप्टेम्बर २८ तारिखमाहुनगइरहेको उक्त फेशनशोमा नेपालकाचर्चित डिजाइनर मनिश राई, मुक बुटिक (मुक्ताश्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल, भारतीआचार्य), विजयगौतम, मर्सल माश्सलले आफ्नो कलेक्शन÷पहिरन तथा डिजाइन देखाउने छन् ।
कुपण्डोलस्थितम्याक्सिम बैँक्वेटमा हुने उक्त फेसन शोमा ३५ जना मोडलहरुले आफ्नो सहभागिताजनाउने छन् । यस्तै नायिका, मोडेल तथागायिका परमीना राणा, मोडल सबिताकार्की, मिस नेपालअश्मीश्रेष्ठ, नायिका करुणा श्रेष्ठ, नायिकातथा मोडल सिर्जना रेग्मीको विशेष उपस्थिति रहने उक्तशोमा अन्यविभिन्न प्रस्तुतिहरु पनि समावेश गरिएको छ ।
FACEBOOK COMMENTS