काठमाडौं, वैशाख १२ – तथ्यहीन र भ्रामक समाचार लेखेको भन्दै उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ परेका छन् । आज आइतबार उनलाई अनलाइनकै कार्यालयबाट पक्राय गरिएको प्रहरीले बताएको छ ।
भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमतीबारे तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरेको भन्दै तामाङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
आफूले प्रकाशित गरेको समाचार गल्ती भएको स्वीकार गरिसकेको उक्त अनलाइनले नियामक निकाय प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा पनि असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमायाचना गरेको छ ।
यद्यपि, उच्च अदालतले भने पत्रकारलाई समाचार लेखेकै भरमा पक्राउ नगर्नु भन्ने आदेश सरकारलाई दिएको विद्यमान अवस्था छ ।
तामाङलाई पक्राउ गर्नुअघि नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा घेरा हालेर बल प्रयोग गरेको अनलाइनले जानकारी दिएको छ । त्यस्तै क्यामेरा र मोबाइल समेत प्रहरीले खोसेको बताइएको छ ।
FACEBOOK COMMENTS