मदन तिमल्सेना/तनहुँ, बैशाख ५ -तनहुँ जिल्ला क्षेत्र नं १ का सांसद कृष्ण कुमार श्रेष्ठ किसानले तनहुँ जिल्ला आबु खैरेनी गाउपालिका वडा नं १ मा रहेको बरादीका किसानहरुसग छलफल गरेका छन् । लकडाउनको समयमा तरकारी खेति तर्फ परेका समस्याहरुका वारेमा टेलीकन्फेरेन्स मार्फत उनले चासो व्यक्त गरेका हुन । शुक्रबार आवुखैरेनीको बरादीमा रहेको मिलिजुली कृषि उत्पादक सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रम सांसद श्रेष्ठको समन्वयमा आयोजनामा आएको थियो ।
उक्त कार्यक्रममा तरकारी बालीको समयमा लकडाउन भएको कारण कृषकको तरकारी बजार जान नसकेको र बजार पनि नपाएको अवस्थामा कसरी कृषकको उत्पादन बिक्री गर्न सकिन्छ भनेर चासो तथा चिन्ता व्यक्त गरिएको थियो । उक्त अवसरमा भिडियो कन्फरेन्स मार्फत श्रेष्ठले सहकारीका अध्यक्ष ईश्वर बाबु गौली तथा आवुखैरेनी गाउपालिकाका प्रशासकीय अधिकृत दिपक रेग्मी सग सम्वाद गर्दै कृषकको समस्या समाधान गर्न पहल गरिरहेको बताए । र त्यस क्षेत्रको तरकारी तनहुँ जिल्लामा नै खपत गराउन आफुले सबै व्यापारी तथा जनप्रतिनिधिहरुसग पहल गरिरहेको बताएका थिए ।
कार्यक्रममा आवुखैरेनी गाउपालिकाका प्रशासकीय अधिकृत दिपक रेग्मी, ईलाका प्रहरी कार्यालय आवुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी , सांसद श्रेष्ठका स्वकिय सचिव जगत खड्का, सांसद श्रेष्ठ सांसद सचिवालयका सचिव अनिल पाण्डे, तरकारी व्यावसायी संघ तनहुका अध्यक्ष विजयराज पौडेल, व्यास नगरपालिका वडा नं ३ का वडा सदस्य रविन पौडेल, मिलिजुली कृषि उत्पादक सहकारी संस्थाका पदाधिकारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । सो अवसरमा उपस्थित महानुभावहरुले यहाको तरकारीलाई तनहुँ जिल्लामा नै बिक्री वितरणको लागि सहजीकरण गर्नको लागि स्थानीय निकाय, तनहुँ उद्योग बाणिज्य संघ अन्तर्गतका विभिन्न बजार ईकाई, दमौली , आवुखैरेनी, डुम्रे, खैरेनीटार, दुलेगौंडा, भिमाद लगायतका बजारका व्यापारीहरुसँग छलफल गरिने बताएका थिए ।
साथै तरकारी तथा किसानका अन्य समस्याहरुलाई पनि छिट्टै सामाधान गरि बारीमै कुहिन लागेको तरकारी जोगाउनु पर्ने कृषक तथा संस्था कि उपाध्यक्ष तुलसीमाया पन्तको भनाई रहेको थियो ।
FACEBOOK COMMENTS