काठमाडौं, भदौ ३० । सनराइज बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ८ वर्ष अवधिका लागि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपियाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न भदौ २३ गते सोमबार नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको हो।
बैंकले निष्काशन गर्न लागेको कुल ऋणपत्रमध्ये एक अर्ब २० करोडको १२ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ भने एक अर्ब ८० करोड बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत तर्फबाट बिक्री गर्नेछ। यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित ऋणपत्रको ४० प्रतिशत इकाई सर्वसाधारणमा र ६० प्रतिशत संघसंस्थाहरुलाई बिक्री गर्नुपर्ने व्यवस्था रहेको छ।
बैंकले ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्नेछ।
FACEBOOK COMMENTS