काठमाडौं, कार्तिक २९ – नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली तीन सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर चिन्ह अवार्ड प्रदान गरेको छ ।
विभागले शिवम् सिमेन्ट, मारूती सिमेन्ट र जगदम्बा सिमेन्टलाई ‘नेपाल गुणस्तर चिन्ह अवार्ड–२०१९’ प्रदान गरेको हो ।
एनएस क्वालीटी अवार्ड’ प्राप्त गरेर शिवम् सिमेन्ट प्रथम भएको छ । ‘ लेटर अफ एप्रिसिएशन’ पाउँदै मारूती र जगदम्बा सिमेन्ट क्रमशःदोस्रो र तेस्रो भएका छन्।
FACEBOOK COMMENTS