काठमाडौँ— भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला २०१९ बिहीबारदेखि भक्तपुरमा सुरु भएको छ।
भक्तपुर नगररपालिका–१, सल्लाघारीमा भइरहेको एक्स्पो ३० गतेसम्म चल्नेछ।
आयोजक संघका अध्यक्ष पुन्यराम खाताखोले उपभोक्ताले नयाँनयाँ इलेक्ट्रोनिक्स सामान खरिद गर्न भक्तपुर बाहिर जानुपर्ने बाध्यतालाई मुक्ति मिलोस् भनेर प्रत्येक वर्ष एक्स्पो गर्दै आएको बताए।
एक्स्पो दुई लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
एक्स्पोमा ५० करोडबराबरको कारोबार हुने लक्ष्य राखिएको छ।
एक्स्पोमा विभिन्न ब्रान्डका मोबाइल, एलइडी टिभी, फ्रिज, वासिङ मेसिन, एसी, कुकिङ रेन्ज, कम्प्युटर, ल्यापटप, माइक्रो ओभनलगायत तीन सयभन्दा बढी प्रकारका विद्युतीय सामग्री प्रदर्शनीमा छन्।
त्यस्तै भक्तपुरमा उत्पादित विभिन्न हस्तकलाका सामग्री, रेडिमेड लुगा तथा कपडा, घरायसी समान, फर्निचर, अटोमोबाइललगायत सामग्रीसमेत प्रदर्शनी छन्। उपभोक्ताको हितलाई ध्यानमा राख्दै मेलामा विभिन्न इलेक्ट्रोनिक्स सामान प्रयोग गर्ने विधि सिकाउने कक्षको समेत व्यवस्था गरिएको छ।
एक्स्पो अवधिभर उपभोक्ताका लागि विभिन्न सामान खरिदमा १५ देखि ५५ प्रतिशतसम्म छुट हुने जनाइएको छ।
— नागरीक
FACEBOOK COMMENTS