काठमाण्डौँ — नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ ।
जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको हो ।
विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सङ्ख्या र चाप थपिँदै गएकाले रिफ्युलरको सङ्ख्या थप्न खरीद कार्य अघि बढेको निगमले जनाएको छ ।
रिफ्युलर नहुँदा जहाजले इन्धन भर्न झण्डै एक घण्टासम्म पालो कुर्नुपर्ने अवस्था रहेको निगमको इञ्जिनीयरिङ विभाग प्रमुख राजीवराज शर्माले बताए ।
रिफ्युलर भनेको हवाई इन्धनलाई प्युरिफाइड गरी जहाजमा इन्धन भर्न प्रयोग गर्ने सवारी साधन हो ।
— कारोबार
FACEBOOK COMMENTS