काठमाडौं, भदौ २९ । प्रभु बैंकले एकैसाथ दुई वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो ।
बर्दिबासस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको उद्घाटन मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले गरे । भने, जलेश्वरस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको उद्घाटन जलेश्वर मालपोत कार्यालय प्रमुख भुप बहादुर बोगटि र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईज्यू संयुक्त रुपमा समुद्घाट्न गरे ।
दुवै स्थानमा एक्स्टेन्सन कार्यालय सञ्चालनमा आएसँगै सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्ने भएका छन् ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गरेको छ ।
यस बैंकले हालसम्म १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
FACEBOOK COMMENTS