काठमाडौं, १६ जेठ । पछिल्लो २४ घण्टामा मलुकभर ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ र १ हजार ७८४ एन्टिजेन परीक्षण गर्दा ६६७ जना गरी ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ भने १०९ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS