काठमाडौं, कार्तिक ६- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले दक्षिण एसियाको विकासका लागि सार्कको भूमिका महत्वपूर्ण रहने अौल्याएका छन । श्रीलंकामा सम्पन्न सार्क चेम्बरको ७४ औ सभालाई सम्बोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन । उपाध्य क्ष श्रेष्ठले चीन र भारतबीच चलिरहेको आन्तरिक विवादका कारण दक्षिण एसियाली देशहरुका बीच हुने अन्तरदेशिय व्यापारमा समस्या उत्पन्न भएको उल्लेख गर्दै नेपालका छिमेकी राष्ट्र तथा एसियाका ठूला राष्ट्र भारत र चीनबिचको तनावका कारण एसियाका अन्य मुलुकबिचको कनेक्टिभिटिमा समेत प्रभाव परेको राय पेश गरे । कर्पोरेट खबरसँगको संक्षिप्त कुराकानीका क्रममा श्रेष्ठले भारतसँग नेपालको व्यापार राम्रो भएता पनि सार्कका अन्य मुलुकहरु पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान लगायत देशमा व्यापारका लागि सार्कका केहि प्रवधान बाधक रहेको भनाइ राखेका छन । सार्कमा निर्णयहरु सर्वसम्मत हुनु पर्ने जस्ता प्रवधानलाई केहि परिमार्जन गर्न सके सार्कले समग्र दक्षिण एसियाको अन्तर देशिय व्यापारमा टेवा पुग्ने दावी समेत उनले पेश गरे । सार्क मुलुकहरुमा विमिस्टेकको बढदो प्रभावसंगै कतै सार्क फेजआउटको चरणमा पुगेको त होईन भन्ने प्रश्नमा उनले सार्कको महत्व अझै बढी रहेको र सार्कले सार्कको मर्मलाई नगिजैबाट बुझ्न सक्ने कुशल नेतृत्व पाएको अवस्थामा अझ ब्रिहत्तर रुपमा अघि बढन सक्ने बताए ।
FACEBOOK COMMENTS