काठमाडौं – द्रुतमार्ग आयोजनाको अधिग्रहण गर्नुपर्ने १५ हजार २९ रोपनी जमिन मध्ये १० हजार ५ सय रोपनी जमिन अधिग्रहण भैसकेको छ ।
सेनाले १.३७ किमी सुरुङको सट्टा ६.०७ किमीको ३ सुरुङ बनाउन लागेको छ ।
द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर माघभित्रै बन्ने भएको छ ।
कोरियाली सुसुङ कम्पनीले माघभित्रै डीपीआरको काम सक्ने भएको हो ।
संसद विकास समितिको बैठकमा नेपाली सेनाको आयोजना प्रमुख योगन्द्र खाँडले द्रुतमार्गको काम धमाधम भैरहेको जानकारी दिए ।
उनका अनुसार डीपीआर बनाउन असोज १६ गते कोरियाली कम्पनीसँग सम्झौता भएको हो ।
कम्पनीले कात्तिक ४ गतेबाट काम शुरु गरिसकेको छ ।
FACEBOOK COMMENTS