काठमाडौं ।नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्ष राजुबहादुर जिसि चयन भएका छन् ।युनियनको छैठौं विशेष अधिवेशनले जिसिको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।युनियनले बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्कालाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन सर्वसम्मत रुपमा चयन भएका छन् । कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ ।अधिवेशनको उद्घघाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन सँगसँगै मिलेर बजारको विकासमा लाग्नु पर्ने बताए ।
FACEBOOK COMMENTS