काठमाडौं । जलविद्युत आयोजनाहरूको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कमिशन माग भएको विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलविद्युत् प्रवर्द्धकहरूसँग सोधपुछ गरेको छ ।
बिहीबार दिउँसो अख्तियारले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पानका) अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीलाई कार्यालयमा बोलाएर आरोपको प्रमाणबारे सोधपुछ गरेको हो ।
आईपीओको अनुमतिका लागि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका बिचौलियाले जलविद्युतका साना आयोजनासँग पाँच र ठूला आयोजनासँग सात प्रतिशतसम्म कमिशन माग गरेको आरोप छ । इप्पानका अध्यक्ष कार्कीले नै यो विषय प्रकाशमा ल्याएका थिए ।
बुधबार अख्तियारको टोलीले धितोपत्र बोर्डमै पुगेर आईपीओ निष्कासनको प्रक्रियामा रहेका सबै कम्पनीहरूको फाइल जफत गरी हाल अनुसन्धान गरिरहेको छ ।
यी समाचार सामग्रीहरू पनि पढ्नुहोस्–
‘सन्तोषनारायण’ ले सिर्जना गरिरहेको ‘असन्तोष’ !
आईपीओमा कमिशन मागेपछि बोर्डमा अख्तियारको छापा, ८९ कम्पनीको फाइल नियन्त्रणमा
FACEBOOK COMMENTS