काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले र चाँदी ७० रुपैयाँले बढेको हो ।
सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९००.२८ अमेरिकी डलर र चाँदी ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
