काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार ३०० रुपैयाँ कायम छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
