काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नारायणहिटी राजदरबार हत्याकाण्डको रहस्य २५ वर्षसम्म पनि पत्ता नलाग्नु दुर्भाग्य भएको बताएका छन् ।
केही दिनअघि राप्रपाको स्थापना दिवसको अवसरमा कर्पोरेट खबरसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले वर्तमान दुई तिहाइनजिकको सरकारले सो घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने बताएका छन् ।
विगतमा राजनीतिक दाउपेचका कारण घटनाको निष्पक्ष अनुसन्धान हुन नसकेको सङ्केत गर्दै उनले अबको सरकारलाई ती र त्यस्ता घटनाको छानविन, पुन: छानविन, अनुसन्धान र निष्कर्ष निकाल्ने सुनौलो मौका रहेको चर्चा गरेका छन् ।
भिडिओ–
