काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। संस्थाले लाभांशमध्ये अधिकांश बोनस सेयरका रूपमा दिने प्रस्ताव गरेको हो।
लघुवित्तको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।