काठमाडौं । लगातार बढिरहेको शेयर बजारमा आज करेक्शन देखिएको छ । बजारमा करेक्शन देखिए पनि कारोबार रकम भने उत्साहजनक रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.४५ अंकले तल झरेको छ । ०.२० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६९०.१५ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि विकास बैंक, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ट्रेडिङ समूहमा भने हरियाली छाएको छ । बाँकी अरु समूह राताम्मे भए ।
आज ३४८ कम्पनीका २ करोड २८ लाख ६२ हजार ५ सय ५४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १ सय ४५.९० रुपियाँ बराबरको कारोबार भएको छ ।
बेनी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १४.९९ प्रतिशतले नाफा कमाउँदा मेन्छियाम हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.०८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज लुम्बिनी विकास बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३८ करोड ४८ लाख २९ हजार ८ सय २९.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन सोमबार ४.३४ अंकले बजार घट्दा ४ अर्ब २४ लाख २१ हजार १ सय ६८.०७ रुपियाँ, मंगलबार ०.९४ अंकले बजार बढ्दा ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २ सय ३.०१ रुपियाँ, बुधबार ३३.२९ अंकले बजार बढ्दा ७ अर्ब ४५ करोड ६७ लाख ५४ हजार २ सय २३.६४ रुपियाँ र हिजो बिहीबार ३१.५४ अंकले बजार बढ्दा ८ अर्ब ५७ करोड ९८ हजार ८ सय २३.३५ रुपियाँ बराबरको कारोबार भएको थियो ।
