काठमाडौं,कार्तिक १८ – नबिल बैंकले ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।बैंकको आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
गत वर्ष पनि नवील बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो ।उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल बैंकको चुक्तापूँजी ९ अर्ब ०१ करोड रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर वितरणपछि पूँजी बढेर १० अर्ब ९ करोड माथि पुग्नेछ ।
FACEBOOK COMMENTS