काठमाण्डौँ — नागरिक लगानी कोषको कायममुकायम कार्यकारी निर्देशकमा सुशीलकुमार अर्याल नियुक्त भएका छन् ।
केही दिनदेखि रिक्त रहेको पदमा कोष सञ्चालक समितिको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो ।
नेपाल व्यवस्थापन संघ (म्यान)को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यसअघि कोषको मुख्य व्यवस्थापक पदमा कार्यरत थिए ।
अर्यालले वाणिज्यशास्त्रमा स्नातकोत्तर तथा कानुनमा बिएल गरेका छन् ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS