काठमाडौं– नाडा अटो शोमा साङयोङ मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आईएमएस ग्रुपले साङयोङ मुस्सो ग्राण्ड लञ्च गरेको छ । बेस्ट भ्यालु अवार्ड विजेता मुस्सो ग्राण्डको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका थिए ।
भृकुटीमण्डपको स्टल नं.१४ साङयोङको मुस्सो ग्राण्डलाई प्रदर्शनीमा राखेको छ जसमा कम्पनीले अधिकत्तम छुटको अफर लिएरको जनाएको छ । आईएमएसले ६ वटा विभिन्न मोडलमा कोरियन लञ्जरी एसयुभीएस रहेको छ जसमा रेस्टन, कोरान्डो, टीभोली, एक्सएलभी, एक्टयोन र मुस्सो रहेका छन् ।
सांगयोगले यी गाडीको खरिदमा सामसुङ ग्यालेक्सी नोट १० अफर रहेको छ । कम्पनीले पुरानो गाडीसंग नयाँ गाडी साट्ने सोचमा भएका ग्राहकहरुलाई बेस्ट स्पोट एस्चेन्ज सुविधा दिने र पुराना गाडीको उचित मूल्यदिने जानकारी दिएको छ। 
यसबाहेक बाहेक साङयोङ मोेटर्सले एक वर्षको बिमा, एक वर्षको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर, २५ हजार सम्मको पार्टपुर्जा रहेको छ ।
नाडामा लन्च भएको मुस्सो ग्राण्डको सुरुवाती मूल्य ७३ लाख ९९ हजार रहेको छ । यसमा पाँच वर्षे निःशुल्क सर्भिस, निःशुल्क बिमा र २५ हजार बराबरको पार्टस पुर्जा आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने छ ।

सांङयोङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्छ ।
