अन्जनराज न्यौपाने तनहुँ, ७ असोज-निर्माण व्यवसायी संघ तनहुँले संघमा आवद्ध सदस्यहरुले आफ्नो इजाजत पत्र नवीकरण असोज मसान्तसम्म गरि सक्न सबै निर्माण ब्यबसायीहरुमा आव्हान गरेको छ। संघमा समन्वय गरेर आ-आफ्नो स्थानीय निकायमा सम्पर्क गर्न निर्माण ब्यवसायी संघ तनहुँका महासचिव रामचन्द्र पौडेल (आरसी) द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा घरेलुको प्रमाण पत्रको म्याद सकिएको नसकिएको जाँचेर म्याद सकिएको भए घरेलु तथा साना उद्योगको कार्यालय तनहुँ दमौलीमा नविकरण गर्न समेत संघले आग्रह गरेको छ। ।
कोरोना भाइरसको कारणले देशमा विद्यमान असहज परिस्थितिका बाबजुत आफ्नो र आफना घर परिवारको समेत स्वास्थ्यको ख्याल राखि अत्यावश्यक काम बाहेक फाल्तु कामहरुमा बाहिर नजान समेत संघले सबै निर्माण ब्यवसायीहरुलाई निर्देश गरेको छ।
FACEBOOK COMMENTS